उपत्यकामा २०० सय गरी देशभर थप ७०७ जनामा काेराेना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै संक्रमणमुक्त भइ फर्किनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

आज क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् । ११ हजार ५५५ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमितमध्ये उपत्यकामा मात्रै २ सय जना रहेका छन् । काठमाडाैंका १७४, भक्तपुरका ८ र ललितपुरका १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =