उपत्यकामा निषेधाज्ञाः ८८७ सवारी साधन हाेल्डमा, एक हजार बढीलाई कारवाही

काठमाडौं । आज (बिहीबार) निषेधाज्ञा सुरु भएदेखि दिउँसो २ बजेसम्म प्रहरीले ८८७ सवारी साधन होल्ड गरेको छ । निषेधाज्ञा उल्लंघन गरेकाे भन्दै दुई पांग्रे ६९२ र चार पांग्रे १९५ सवारी साधन प्रहरीले होल्डमा लिएको हो ।

काठमाडाैंबाट ४३७, ललितपुरबाट ४९८ र भक्तपुरबाट २३५ सवारी साधन नियन्त्रणमा लिइएकाे हाे । हाेल्डमा लिएकामध्ये दुई पांग्रे सवारी साधन भने प्रहरीले छाेडिसकेकाे छ । ४ पांग्रे सवारी साधन भने अवस्था हेरि साढे ६ बजेभित्र छाेडिने महानगरीय प्रहरी प्रवक्ता सुशिल कुमार यादवले जानकारी दिए ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १ हजार १७० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाेडेकाे पनि प्रवक्ता गाैतमले जानकारी दिए ।

उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ । यो समयमा अत्यावश्यक बाहेक हिँडडुलमा समेत रोक लगाइएको छ । अनावश्यक हिँडडुल गरेमा प्रहरीले कारवाही गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =