बायर्न म्युनिख फाइनलमा, उपाधिका लागि पीएसजीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । बायर्नको जितमा सेर्गी ग्नाब्रीले दुई गोल गरे भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए ।

अब उपाधिको भिडन्तमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । बायर्नले यसअघि ५ पटक यो उपाधि जितेको छ भने २०१३ मा उपाधि जितेपछि पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै पीएसजी क्लबको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =