सिपिएलमा सन्दीपको टीम जमैकाको विजयी शुरुवात
२०७७ भदौ ४ गते

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा जमैका तल्लावाहले सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको हो ।
सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछाएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।
सन्दीपको प्रदर्शन
नेपाली स्पिनर सन्दीप लामिछानेले यस सिजनको पहिलो खेलमा एक विकेट लिएका छन् । यस सिजनमा जमैका तल्लावाहजबाट खेलिरहेका सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् ।
२५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका छन् ।
२०७७ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








