नेकपामा बँचेखुचेका असन्तुष्टिको अन्त्य : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको बोली पूरा भएको दाबी गरेका छन् । प्रधानमन्त्रीले पाँच दिनमा पार्टीभित्र नयाँ सिनारियो देखिने बताएको र सोहीअनुसार पार्टीभित्र विवाद साम्य हुँदै गएको उनको दाबी छ ।
सञ्चारकर्मी भूषण दाहालसँगको टेलिभिजन ‘टक शो’मा प्रधानमन्त्री ओलीले पाँच दिनमा पार्टीभित्र नयाँ सिनारियो देखिने बताएका थिए । सोही प्रसंगमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले घोषणा गरेअनुसार नै भएको जिकिर गरे ।
पार्टीभित्र साउनदेखि चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ लागेको उनले बताए । ‘९ दिन लामो प्रत्यक्ष भेट र संवादहीनता तोडेर दुई अध्यक्षबीच भेट संभव भएर साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा आइसब्रेकनै भइहाल्यो,’ उनले लेखेका छन्- ‘दुई अध्यक्षद्वारा ६ सदस्यीय कार्यदल गठनको सहमति घोषणा भएर ठोस समझदारी निर्माणको आन्तरिक प्रयास तीब्र पारिएको छ ।’
साथै उनले चार दिनको अवधिमा नेकपामा बँचेखुचेका असन्तुष्टिको अन्त्य भएको तर्क गरे । ‘हिजो सम्पन्न सचिवालय बैठकले बँचेखुचेका असन्तुष्टि समेत अन्त्य गरेर कार्यदल गठनको प्रक्रियालाई अनुमोदन गरिसकेको छ,’ उनले भनेका छन् ।
https://www.facebook.com/100002475418440/posts/3254255274666954/








