म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेभिया युरोपा लिगको फाइनलमा
२०७७ भदौ १ गते

काठमाडौं । सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति इङलिश क्लब म्यान्चेष्टर युनाईटेडलाई २–१ ले स्तब्ध पार्दै सेभियाले फाइनल यात्रा तय गरेको हो ।
सेभियाको जितमा सुसो र लुक डी जोंगले एक एक गोल गरेका थिए भने युनाइटेडका लागि एक गोल ब्रुनो फेर्नानडेजले पेनाल्टीमार्फत गरेका थिए ।
योसँगै युरोपा लिगको सेभिया फाइनलमा प्रवेश गरेको छ भने फाइनलमा इन्टर मिलान र शख्तर डोनेटस्कबीचको विजेतासँग खेल्ने छ । मिलान र शख्तर आजराती दोस्रो सेमिफाइनल खेल्दै छन् । युरोपा लिगको फाइनल खेल २१ अगस्तमा हुदै छ ।
२०७७ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








