चितवनमा ३ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि

चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शनिबार मध्येराति आएको परीक्षण रिपोर्टमा कोरोना पाेजेटिभ देखिएकामध्ये ३ जना प्रहरी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार साउन ३१ गते गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय र मातहत चौकी रामनगर र लोथरमा कार्यरत ३ जना प्रहरी कर्मचारी छन् । उनीहरू बिदाबाट फर्किएपश्चात क्वारेन्टिनमा थिए । संक्रमित सबैलाई भरतपुर अस्पतालमा आइसोलेसनमा राखिएको छ प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षण रिपोर्टमा चितवनका २७ र सर्लाहीका एकजनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसमध्ये ३ जना चिकित्सक पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =