पुष्पाञ्जली अस्पतालको आइसीयू कक्ष सिल
मकालु खबर
२०७७ साउन ३१ गते
भरतपुर। एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर १०, चौबिसमोठीमा रहेको श्री पुष्पाञ्जली अस्पतालको सघन उपचार कक्ष (आइसीयू) सिल गरिएको छ ।
त्यहाँ उपचाररत रत्ननगर ९ निवासी ६१ वर्षका पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिल गरेको अस्पतालले जनाएको छ ।
यही साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरूषलाई शुक्रबार आएको रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेपछि हाल सोही अस्पतालको आइसीयूमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ ।
ती बिरामीको दुईवटै फोक्सोमा ‘भाइरल निमोनिया’ देखिएको छ । उनको अवस्था अहिले गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ । तर, भेन्टिलेटरको आवश्यकता भने नदेखिएको अस्पतालले जनाएको छ ।
मकालु खबर
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित