शाओमी नेपालको अडियो श्रेणीमा ‘रेडमी इयरबड एस’ को प्रवेश

काठमाडाैं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालको आफ्नो अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको छ । रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामाधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको कम्पनीले जनाएकाे छ ।

रेडमी इयरबड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको छ जसले लामो समयसम्म प्रयोग र न्यून कानको थकान सुनिश्चित गर्ने बताइएकाे छ । म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य पनि छ । इयरबड बटनको उत्तम सामना प्रतिक्रिया र सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ ।

डेडिकेटेड गेमिङ मोड (लो लेटेन्सी मोड) ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२एमएस मा ल्याउँछ । रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम छ । बहु-परिदृश्यहरुमा अधिक उपयोग्यताका लागि रेडमी इयरबड एस IPX4 रेटिङका साथ आउँदछ जसले यसलाई पसिना र दाग प्रतिरोधी बनाउँछ।

रेडमी इयरबड एस नेपालमा हाम्रो प्रयोगकर्ताहरुको श्रवण प्राथमिकता अनुसार ट्युन गरिएको छ । यसमा भएकाे ३ विभिन्न आकारका सिलिकन टिप्सलाई आभार जसले सही फिट र निष्क्रिय आवाज आइसोलेसन प्रदान गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *