श्रीदेवीको जन्मदिन आजः विवाहिता बोनी कपुर श्रीदेवीको घर वरिपरि डुलिरहन्थे

काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीले फिल्म उद्योगमा ’चाँदनी’, ’सद्मा’, ’चालबाज’, ’मिस्टर इंडिया’ जस्ता धेरै हिट फिल्महरू दिइसकेकी छिन् । एक समय थियो जब श्रीदेवी आफ्ना फ्यानहरूमाथि शासन गर्थिन् । उनको प्रत्येक कार्यले उनका फ्यानहरूको मन जित्थ्याे । उनै श्रीदेवीको जन्मदिनमा हो आज ।

उनको जन्म १ अगस्ट १९६३ मा तामिलनाडुमा भएको थियो । श्रीदेवीको सधैँ पेशागत जीवन भन्दा प्रेम जीवनको बारेमा धेरै चर्चा हुने गर्थ्याे । उनका केही अन्य राेचक पक्षहरू पनि छन् जुन सबैलाई थाहा नहुन सक्छ ।

प्रस्ताव गर्नु अघि घटाइएको थियो तौल

श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यपान थियो । श्रीदेवीले बाल्यकालदेखि नै एक बाल कलाकारको रूपमा अभिनय गर्न शुरू गरेकी थिइन् । उनले १९७९ मा हिन्दी चलचित्र ‘सोल्वा सावन’ मा मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । त्यहि समयमा उनले १९८३ को फिल्म ’हिम्मतवाला’ बाट मान्यता प्राप्त गरिन् ।

एक पटक बोनी कपूर र श्रीदेवी पाहुनाको रूपमा सलमान खानको रियलिटी शो ’१० का दम ’मा पुगेका थिए । यस समयमा बोनीले श्रीदेवीको बारेमा धेरै कुरा बताएका थिए । उनले आफू श्रीदेवीको ठूलो प्रशंसक भएको पनि बताए । यति मात्र होइन, बोनी कपूरले उनलाई प्रेम प्रस्ताव गर्नु अघि तौल समेत घटाइसकेका थिए ।

श्रीदेवीको घर वरिपरि डुलिरहन्थे बाेनी

एक पटक बोनी कपूर श्रीदेवीलाई भेट्न चेन्नईमा आफ्नो घर गए, तर त्यो समयमा श्रीदेवी शुटको लागि सिंगापुर गएकी थिइन् । यो देखेर बोनी साह्रै दुःखी भए । जब उनी श्रीदेवीको बंगलामा घुम्न दिनहुँ जसो जाने गर्थे, तब त्यहाँ श्रीदेवीलाई भेट्न पाउँथे ।

मिस्टर इण्डियाको शूटिंगको समयमा सुरू भएकाे थियाे प्रेम

बोनी कपूर श्रीदेवीलाई ’मिस्टर इंडिया’ फिल्मको प्रस्ताव गर्न चेन्नई गएका थिए । श्रीदेवीले फिल्मको कथा मन पराएर फिल्म गर्न पनि राजी भइन् । सन् १९८४ मा, श्रीदेवीलाई मिस्टर इण्डियामा सीमाको भूमिका प्रस्ताव गरेका थिए । यति मात्र होइन, उनले श्रीदेवीको लागि छुट्टै मेकअप कोठाको पनि व्यवस्था गरेका थिए । श्रीदेवीको हरेक आवश्यकताको हेरचाह उनी आफैँले गर्थे ।

श्रीदेवीकी आमा बिरामी हुँदा र उनको मृत्युको क्रममा ती दुईको घनिष्ठता बढेको थियो । आफ्नी आमाको मृत्युपछि श्रीदेवी एक्लो भइन् । त्यतिबेला बोनी उनको सहयोगी बनेका थिए । यहींबाट दुबै बिचको प्रेम झन् गहिरो हुँदै गयो । यसपछि बोनीले आफूभन्दा ८ वर्ष कान्छी श्रीदेवीलाई सन् १९९३ मा प्रेम प्रस्ताव गरे । बाेनी विवाहित पनि हुन् र उनका दुई बच्चाहरु पनि थिए । तर उनले श्रीदेवीसँग विवाह प्रस्ताव राखे । उनीहरूकाे विवाह पनि भयाे ।

श्रीदेवीले हिन्दीमा मात्र नभई तामिल, तेलुगु, मलयालम र कन्नड फिल्महरूमा पनि काम गरिन् । श्रीदेवी बलिउडको सर्वाधिक कमाई गर्ने अभिनेत्रीका रुपमा पनि परिचित थिइन् । उनि ९० को दशकमा प्रतिफिल्म १ करोड रूपैयाँ लिने एक्ली अभिनेत्री थिइन् । श्रीदेवीको फेब्रअरी २४, २०१८ मा दुबईको एक होटेलको कोठामा बाथटबमा डुबेर मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =