प्रदेश नम्बर १ मा ४० संक्रमित थपिए, ५ जना डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा आज (आइतबार) ४० जना कोरोना संक्रमित थपिएका छन् । माेरङ्ग २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार माेरङ्गको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बाह्रदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ भने प्रदेश १ मा आज नै ५ जना डिस्चार्ज भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत माेरङ्गका ३, उदयपुर र सुनसरीका १/१ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।

प्रदेश नम्बर १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =