प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि
२०७७ साउन २५ गते

काठमाडौं । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’
२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








