उपत्यकाका १०६ जनामा काेराेना संक्रमण पुष्टि, काठमाडाैंमा मात्रै ८८ जना !
२०७७ साउन २३ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १०६ जना संक्रमित थपिएका छन् । काठमाडौंका ८८, भक्तपुरका ४ र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पताल, स्टार अस्पताल, टेकु अस्पताल, ह्याम्स अस्पताल लगायतका अस्पतालहरुको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकाका १०६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय भन्दा बढी संक्रमित उपचाररत छन् ।
आज ४६४ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
२०७७ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित









