प्रधानमन्त्रीलाई समेत भेटेका थिए प्रदेश २ का कोरोना संक्रमित मन्त्रीले

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमित प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवकाे ट्राभल हिस्ट्री खुलेकाे छ । जसअनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटघाट गरेको पाइएको छ ।

मन्त्री यादवले काठमाडाैंमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूसँगै प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए ।

प्रहरी समायोजन सम्बन्धी छलफलका लागि जनकपुरबाट काठमाडौं आएका उनी १६ गतेकाे बैठकपछि १७ गते फर्किएका थिए । आइतबार काठमाडौंबाट फर्केर सोमबार काेराेना परीक्षणका लागि स्वाब संकलन गराएका मन्त्री यादवकाे बुधबार साँझ  रिपाेर्ट पाेजेटिभ आएको थियाे । काेराेना पुष्टि भएपछि हाेम आइसोलेसनमा बसेका उनकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =