पर्साका दुई जनाको मृत्युको कारण कोरोना नै हो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पर्साका दुईजनाको मृत्यु कोरोनाकै कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार पर्साको पोखरिया नगरपालिकाका १८ वर्षीया महिला र पर्साकै वीरगञ्ज नगरपालिकाका ४६ वर्षीय पुरुषको मृत्युको कारण कोरोना भाइरस नै भएको बताएका हुन् ।

यस्तै उनका अनुसार मृत्यु हुनेको संख्या ६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३८१ जना नयाँ संक्रमित थपिँदा १३० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =