३८१ संक्रमित थपिँदा १३० जना डिस्चार्ज भए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितहरुमा मोरङ, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाहरुका रहेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २१ हजार ३९० जना पुगेको छ । यस्तै प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणमुक्त हुने जिल्लाहरुको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =