गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका थप २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा आइतबार थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमध्ये ४ महिला र १६ पुरुष छन् । संक्रमितहरु स्याङ्जाका ८, लमजुङका ३, बागलुङका एक, तनहुँका २ र कास्कीका ६ जना रहेका छन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमित संख्या १ हजार ५०५ पुगेको छ । संक्रमितमध्ये १ हजार २४५ जना डिस्चार्ज भइसकेका छन् ।  अन्य संक्रमितकाे विभिन्न अस्पतालकाे आइसाेलेसनमा उपचार चलिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =