सभामुख सापकोटासहित उनको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको कोरोना भाइरस (काेभिड १९) संक्रमण परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा सभामुख सापकाेटाकाे कोरोना रिपाेर्ट नेगेटिभ आएको हाे । 

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनीसहित सचिवालयका सबै कर्मचारीहरूकाे शुक्रबार स्वाब संकलन गरी काेराेना परीक्षण गरिएकाे थियाे । सबैकाे रिपाेर्ट नेगेटिभ आएको जानकारी दिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =