सांसद सिटौलाले लिइन् सपथ
२०७७ साउन १४ गते

सभामुख अग्नीप्रसाद सापकोटोमार्फत् शपथ लिँदै सांसद लिलादेवी सिटौला।श्रोत।
काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले शपथ लिएकी छिन् ।
प्रतिनिधि सभाको सभामुख अग्नी प्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन् ।
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो ।
उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।
२०७७ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








