साउन ९ मा ज्यान गुमाएका व्यक्तिमा १३ गते कोरोना पुष्टि, मृतक संख्या ४९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक जनको मृत्यु भएको पुष्टि गरेसँगै मृतक संख्या ४९ पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार बझाङको बुंगल गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु घरैमा भएको हो । मृतक दम रोगी थिए । उनी भारतको बैङ्लोरबाट असार २४ गते बझाङ पुगेका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =