प्रहरी हेडक्वार्टरका २७ प्रहरीमा कोरोना आशंका, परीक्षणका लागि टेकु पठाइयो

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत २७ प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण आशंका गरिएको छ ।

कोरोना आशंकामा परीक्षणका लागि टेकु अस्पताल पठाइएको प्रवक्ता डिआइजीपी निरज बहादुर शाहीले मकालु खबरलाई जानकारी दिए । पीसीआर टेष्टको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । बेलुकीसम्म रिपाेर्ट आइपुग्ने उनकाे भनाइ छ ।

यस्तै उनले देशभर १८४ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे पनि जानकारी दिए । संक्रमितमध्ये ९९ जना काेराेनामुक्त भइ डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =