नेपालमा समुदायस्तरमा कोरोना पुगिसकेको छैनः प्रवक्ता गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नेपालमा समुदायस्तरमा पुगिनसकेको बताएका छन् । आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् । हालसम्म नेपालमा कोरोना समुदायमा फैलिएको प्रमाणित भइनसकेको उनको भनाइ छ ।

‘हाम्रो देशमा कोरोना संक्रमणको जोखिम अहिले पनि यथावत् छ । हाल देशका केही ठाउँमा एकै समयमा धेरै संक्रमित भेटिएका कारण समुदायस्तरमा संक्रमण फैलिएको कुराहरु आएका छन्’, उनले भनेका छन्– ‘तर भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषमा कोभिड १९ केस भएको मुलुकको सूचीमा राखेको छ ।’

यसको बारेमा स्थानीय तहहरुबाट थप खोजपड्तालका कार्यहरु निरन्तर भइरहेको उनले जानकारी दिए । कोरोना भाइरसको संक्रमणलाई थप फैलन नदिन सबैले उच्च सतर्कता अपनाउन जरुरी रहेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =