गिरीको ठाउँमा सांसद बनिन् सिटौला
२०७७ साउन १२ गते

सांसद लिलादेवी सिटौला। फाइल फोटो।
काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लिलादेवी सिटौलालाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।
समाजवादी पार्टीले समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खसआर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।
नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधि सभाको सभामुखबाट केही दिनमित्रै शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयले जनाएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








