मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार (आज) बस्दै छ । बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्त गर्ने छ ।

राखेपको सदस्यसचिवका लागि तीनजना मैदानमा छन् । सरकारले रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापामगरमध्ये एक जनालाई सदस्यसचिवमा नियुक्त गर्नेछ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जना मध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो ।

तीनजना मध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओलीनिकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ ।

यस्तै सोमबारै बस्ने मन्त्रिपरिषद् बैठकले दुईजना डीआइजीलाई एआइजीमा बढुवा गर्ने छ । गृहमन्त्रालयको सिफारिस अनुसार डीआइजी निरजबहादुर शाही र प्रधुन्न कार्कीको एआइजीमा बढुवा हुनेछ ।

दुवैजना अहिलेका आइजी शैलेश थापा क्षेत्रीका ब्याजी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *