युभेन्ट्सलाई लगातार नवौं पटक सिरी ए को उपाधि

काठमाडौं । युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ । गएराति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेड्रिको बेर्नार्ड़ेसचीले एक एक गोल गरेका थिए । यो जितपछि ३६ खेलमा ८३ अंक हासिल गर्दै युभेन्टसले सिरी ए उपाधि जितेको हो ।त्यस्तै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३६ खेलपछि ७६ अंक रहेको छ । साम्पडोरियाको भने ३६ खेलपछि ४१ अंक छ र लिगको १५औ स्थानमा रहेको छ । योसँगै युभेन्टसले लगातार नवौ पटक इटालियन सिरी ए को उपाधि जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =