प्रदेश १ मा ३१ संक्रमित थपिए, १२ जना डिस्चार्ज
२०७७ साउन ११ गते

विराटनगर । प्रदेश नम्बर १ मा आज (आईतबार) ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार माेरङकाे विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामन गरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।
प्रदेश १ बाट आज नै १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन् । याेसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७४७पुगेको छ ।
२०७७ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








