थप १३० जनामा कोरोना पुष्टि, काठमाडौंमा ८ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३१३ पुगेको छ भने संक्रमितमध्ये १३ हजार १२८ जना डिस्चार्ज भइसकेका छन् ।

५ हजार ४४० जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । देशभर १७ हजार ९०३ जना क्वारेन्टिनमा रहेका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =