प्रदेश १ इसाई समाजद्वारा संखुवासभा र तेह्रथुममा राहत वितरण

सुनसरी । संखुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराेले विस्थापित बनेका १२ घर/परिवारलाई राहत वितरण गरिएकाे छ । गएको असार २७ गते राति त्यहाँ पहिराले एक जनाको मृत्यु भएकाे थियाे भने ११ जना बेपत्ता भएका थिए । ८६ घर/परिवार विस्थापित भएका थिए । 

ती विस्थापित परिवारलाई प्रदेश न १ इसाई समाजको आह्वानमा Quick Rescue Team Neapal र Conduit Team Nepal को सहकार्यमा राहत वितरण गरिएकाे हाे । ईसाई समाज सङ्खुवासभा जिल्ला कार्य समतिले ३ लाख बराबरको राहत वितरण गरेको हो । राहतमा प्रति परिवार २५ किलो चामल र फाइबर ब्ल्यान्केट वितरण गरिएको इसाई समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए ।

इसाई समाजले गत श्रावण १ गते २५ घर परिवारलाई पहिलाे चरणको राहत वितरण गरिसकेको छ । समाजले गत श्रावण ५ गते तेह्रथुमको सोल्मा ढाडेस्थित भालु खोलाले बगाएर मृत्यु भएकी तेह्रथुम जिरिखिम्तिकी ३६ बर्सिय अन्जना लिम्बुको शोसाकुल परिवारलाई समेत आर्थिक सहयोग गरेकाे थियाे । लिम्बुको परिवारलाई तेह्रथुम जिल्ला र प्रदेश १ इसाई समाजले सँयुक्त रुपमा ४० हजार रूपैयाँ आर्थिक सहयोग गरेको समाजका अध्यक्ष विक्रम एक्त्तेन लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =