१०७ कोरोना संक्रमित डिस्चार्ज हुँदा १३३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा १० संक्रमित थपिए
मकालु खबर
२०७७ साउन ९ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज हुँदा १३३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १० जना रहेका छन् ।
५ हजार ३८३ संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गाैतमका अनुसार देशभर १९ हजार ४४४ जना क्वारेन्टिनमा रहेका छन् ।
राैतहट, कैलाली र बाजुरामा ५ सय भन्दा बढी सक्रिय संक्रमितहरू रहेका छन् । त्यस्तै पाँचथर, भाेजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित देखिएका छैनन् ।
पछिल्लाे २४ घण्टामा ३ हजार ९८७ जनाकाे परीक्षण भएकाे छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ । संक्रमितमध्ये १२ हजार ९४७ जना संक्रमणमुक्त भइसकेका छन् ।
मकालु खबर
२०७७ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित