युभेन्टसको अप्रत्याशित हार, तीन खेल अगावै उपाधि जित्ने अवसर गुमायो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले अप्रत्याशित हार ब्यहोरेको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

उडीनेसको जितमा इजा नेस्टोरोभस्की र सेको फोफानाले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि माथिस डिलाइटले एक गोल गरेका थिए । १-१ गोलको अवस्थामा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा उडीनेसका फोफानाले गोल गर्दै उडीनेसलाई जिताएका थिए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि ३ अंक मात्रै टाढा रहेको युभेन्टसले बाँकी रहेका ३ खेलमध्ये कम्तिमा एउटा जीतले पनि उपाधि पक्का गर्नेछ ।

लिगमा ३५ खेलपछि युभेन्टसको ८० अंक छ भने दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा अझै ६ अंकले अगाडी रहेको छ । एटलान्टासँग हेड टु हेडमा अगाडी रहेकाले अब आइतबार साम्पडोरियाविरुद्धको खेल जितेर उपाधि जित्ने प्रयासमा युभेन्टस हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =