पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन होः नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताकाे रक्षा यतिबेलाकाे बटमलाइन भएकाे बताएका छन् ।
पार्टी फुट्ने हल्ला चलिरहेका बेला सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले यस्ताे बताएका हुन् । पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउनुपर्नेमा उनकाे जाेड छ ।
मंगलबार ट्विट गर्दै श्रेष्ठले लेखेका छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो ।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ ।’
पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।
— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020








