पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन होः नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले  पार्टी एकताकाे रक्षा यतिबेलाकाे बटमलाइन भएकाे बताएका छन् ।

पार्टी फुट्ने हल्ला चलिरहेका बेला सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले यस्ताे बताएका हुन् । पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाउनुपर्नेमा उनकाे जाेड छ ।

मंगलबार ट्विट गर्दै श्रेष्ठले लेखेका छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो ।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =