बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ७३ बर्षीय पुरुषको मृत्यु भएको हो ।

सप्तरीका ती पुरुषको विहिबार राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वीपीमा उपचाररत सप्तरीका एक पुरुषको मृत्यु भएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले पुष्टि गरे । उनका अनुसार शवको व्यवस्थापनबारे नेपाली सेनासँग समन्वय भइरहेको छ ।

उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । मृतक प्रदेश २ को भएपनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =