विप्लव समूहका पूर्वी कमाण्डर सैन्य इन्चार्ज पक्राउ
२०७७ असार ३१ गते

नन्दबहादुर बोहोरा। तस्वीरः सुजाता लिम्बु, मकालु खबर
काठमाडौं विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्डर सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन् ।
प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भनिने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार (आज) पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार कालिकोट फेनेली घर भएका ४० वर्षीय बोहोरा उर्लाबारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए ।
उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।


२०७७ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








