बिपी प्रतिष्ठानबाट १५ जनाले जिते कोरोना

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार आज ९ जना पुरुष र ६ जना महिला कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा झापाका १२ जना, सुनसरीका १, दिक्तेलका १ र महोत्तरीका १ जना रहेका छन् । प्रतिष्ठानबाट हालसम्म २ सय ५४ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा बिपी प्रतिष्ठानमा थप कोरोना सङ्क्रमित भर्ना नभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =