बिपी प्रतिष्ठानबाट १५ जनाले जिते कोरोना
२०७७ असार ३० गते

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार आज ९ जना पुरुष र ६ जना महिला कोरोना निको भएर डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा झापाका १२ जना, सुनसरीका १, दिक्तेलका १ र महोत्तरीका १ जना रहेका छन् । प्रतिष्ठानबाट हालसम्म २ सय ५४ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा बिपी प्रतिष्ठानमा थप कोरोना सङ्क्रमित भर्ना नभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
२०७७ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित









