देशभर ८२ कोरोना संक्रमित थपिदा उपत्यकाका ६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्ला २४ घण्टामा देशभर ८२ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिदा उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५ जना  र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८२ थप जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए । संक्रमितमध्ये ८ हजार ५८९ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४७ जना डिस्चार्ज भएका छन् ।

८ हजार १७४ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २३ हजार ७८४ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जनाको पीसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =