इटालियन सिरी ए : रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

काठमाडौँ । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युभएन्टस बराबरीमा रोकिएको छ । सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।

पेनाल्टीबाट गोल गरेका रोनाल्डोले खेलको ५५औ र ९०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि डुभान जपाटा र रुस्लान मालिनोभस्कीले एक एक गोल गरेका थिए ।

पछिल्लो खेलमा मिलानसँग ४-२ ले हारेको युभेन्टसले यस खेलमा रोनाल्डोको २ गोलको मद्धतले हारबाट जोगिदै महत्वपूर्ण एक अंक बटुलेको छ ।

सिरी ए मा ३२ खेलपछि युभेन्टसले ७६ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको लाजियोभन्द ८ अंकले अगाडी रहेको छ । त्यस्तै एटलान्टाको ३२ खेलमा ६७ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =