पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
२०७७ असार २७ गते

सांकेतिक/फाइल फोटो।
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण थप एक जनाको मृत्यु भएको छ ।
शुक्रबार (हिजो) काठमाडौंको शंखमुल निवासी ३० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवा गत २३ असारदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
उनको हिजै अपराह्न ४ बजे मृत्यु भएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले बताए । ती युवाको हिजो बेलुका ८ बजे पशुपति आर्यघाटको विद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको पनि सेनानी सापकोटाले बताए ।
शवको व्यवस्थापनमा सेनाकै टोली परिचालन गरिएको थियो । गत बिहीबार मृत्यु भएका सिन्धुपाल्चोकका ३५ वर्षीय युवाको पनि हिजै विद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको थियो ।
२०७७ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित









