पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) कारण थप एक जनाको मृत्यु भएको छ ।

शुक्रबार (हिजो) काठमाडौंको शंखमुल निवासी ३० वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवा गत २३ असारदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनको हिजै अपराह्न ४ बजे मृत्यु भएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले बताए ।  ती युवाको हिजो बेलुका ८ बजे पशुपति आर्यघाटको विद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको पनि सेनानी सापकोटाले बताए ।

शवको व्यवस्थापनमा सेनाकै टोली परिचालन गरिएको थियो । गत बिहीबार मृत्यु भएका सिन्धुपाल्चोकका ३५ वर्षीय युवाको पनि हिजै विद्युतीय शव गृहमा अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =