गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार १४९ पुगेको छ । आज (बिहीबार) थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार १४९ पुगेको हो ।

आज थपिएका संक्रमितहरु लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँच जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी पोखरा महानगरपालिकाका चारजना, गोरखाको आरुघाट र भीसेनथापा गाउँपालिका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणमा उनीहरु सबैको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =