स्वारेजकाे एकमात्र गाेलमा बार्सिलाेना विजयी

एजेन्सी । लुइस स्वारेजको एकमात्र गोलमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगामा गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पान्योललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा स्वारेजले ५६औ मिनेटमा गोल गरेका थिए । स्वारेजले यस खेलमा गोल गरेसँगै बार्सिलोनाको अल टाइम स्कोररमा तेस्रो स्थानमा उक्लिएका छन् । उनले बार्सिलोनाका लागि अहिलेसम्म १९५ गोल गरेका छन् । उनी मेसीको ६३० र सेजारको २३२ पछि बार्सिलोनाका लागि तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

स्वरेजले हंगेरीका लाजिओ कुबालाको बार्सिलोनाका लागि गरेको १९४ गोलको रेकर्डलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस खेलमा बार्सिलोनाका अन्सु फातीले खेलको ५०औ मिनेटमा र इस्पान्योलका पोल लोजानोले खेलको ५३औ मिनेटमा रातो कार्ड पाएपछि दुवै टिम १०/१० खेलाडीमा सिमित भएका थिए ।

रातो कार्ड खाएका १७ बर्ष २५१ दिनका फाती यस सेन्चुरीमै रातो कार्ड पाउने दोस्रो युवा खेलाडी बनेका छन् । यस अघि बार्सिलोनाकै १७ बर्ष ५७ दिनका मार्क मुनिएसाले रातो कार्ड पाएका थिए ।

यो जितसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३५ खेलमा ७६ अंक हासिल गरेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग एक अंकले पछाडी रहेको छ । रियल म्याड्रिड एक खेल कम खेल्दै ३४ खेलमा ७७ अंक रहेको छ ।

यस्तै गएराती नै भएका ला लिगाका दुइ खेलमा भिल्लारियल र रियल बेटिस विजयी भएका छन्  । गेटाफेविरुद्ध भिल्लारियल १–३ ले विजयी हुँदा रियल बेटिसले ओसासुनालाइ ३–० ले पराजित गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *