नेपालमा घट्दै कोरोना संक्रमणः पछिल्लो २४ घण्टा मात्र २५५ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । २५५ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये ७ हजार ७५२ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५३ जना डिस्चार्ज भएका छन् । ८ हजार ६३६ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २५ हजार ४० जना रहेका छन् ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै २३ जना रहेका छन् । कामाडौंमा १६ र ललितपुरका ७ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । भक्तपुरमा भने आज  संक्रमित थपिएका छैनन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ६९६ वटा पिसिआर परीक्षणहरु भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =