प्रदेश १ मा कोरोनाः ९ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ सय ८५ पुगेको हाे ।

माेरङका ६, सुनसरीका २ र झापाका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माेरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बाह्रदशीमा एक पुरुषमा संक्रमण देखिएकाे हाे ।

त्यस्तै प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा माेरङका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरुमा ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् ।

डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताए । याेसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *