प्रदेश नम्बर एकमा ५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६७० पुग्याे
२०७७ असार २१ गते

विराटनगर । प्रदेश नम्बर १ मा आईतबार थप ५ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।
माेरङमा २, झापामा २ र पाँचथरमा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माेरङकाे बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा संक्रमण देखिएकाे हाे ।
याेसँगै प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ६७० पुगेको छ ।
२०७७ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








