थप ४७३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ३२ संक्रमित थपिए
२०७७ असार १८ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १७ महिला, ११ पुरूष, भक्तपुरका २ पुरुष र ललितपुरका २ पुरूष गरी उपत्यकामा मात्रै ३२ संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आज थप ४७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १४ हजार ५१९ पुगेको छ । संक्रमितमध्ये ५ हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ६६४ जना डिस्चार्ज भएका छन् । हालसम्म ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १० हजार १३७ जना विभिन्न अस्पतालको आइसोलेनमा उपचाररत छन् ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








