कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुको मृत्यु
२०७७ असार १८ गते

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक ४५ दिने शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
ती शिशुलाई दुई साता अघि अस्पताल भर्ना गरिएको थियो । जन्मजात नै उनीमा श्वासप्रश्वासको समस्या रहेका उनीमा केही दिन अघिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । श्वास–प्रश्वासमा समस्या आएपछि शिशुकाे आकस्मिक रुपमा घाँटीको शल्यक्रिया समेत गरिएकाे थियाे ।
उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक शिशुको शव व्यवस्थापन भइसकेको छ । मृतक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको अस्पतालले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट शिशुको मृत्यु भएको यो पहिलो केस हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








