नेपालमा समुदायस्तरमा ६ प्रतिशत कोरोना संक्रमण भेटियोः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा ६ प्रतिशत कोरोना भाइरस (काेभिड १९) संक्रमण समुदायस्तरमा भेटिएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । अहिले सम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको उनको भनाइ छ ।

‘अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको छ’, मन्त्री ढकालले भने । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको भन्दा निको हुनेको संख्या धेरै रहेकाले नियन्त्रणमै रहेको पनि मन्त्री ढकालले बताए ।

अहिले देशभर २२ वटा पिसिआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण सम्भव भएको उनले बताएका छन् । अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्‍याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fourteen =