एकैदिन ४७६ जनामा कोरोना पुष्टि, उपत्यकामा ८ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लामा गरी थप ४७६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन् । आज थपिएका संक्रमितमध्ये भक्तपुरका १, काठमाडौंका ६ र ललितपुरका एक जना लगायत अन्य विभिन्न जिल्लाका रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार थप ४७६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार १३४ जना उपचारपछि निको भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १२१ जना संक्रमित डिस्चार्ज भएका छन् । १० हजार ८५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

देशभर ५७ हजार ३६८ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसिआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =