पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु

काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नौगाड गाउँपालिका ४ होपरीमा जलविद्युतको नहर भत्किदा आइतबार राति गएको पहिरोमा परी २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र ४ वर्षीय सुसान्त महता रहेका छन् । उनीहरु बाबु–छोरा हुन् ।

घाइते हुनेमा सोही परिवारकी चनमति महता रहेकी छिन् । उनी चन्द्र सिंह महताकी श्रीमती हुन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ ।

मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको छ । अहिले प्रहरीको टोली घटना स्थल तर्फ गइरहेको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *